अर्थमन्त्रीले घटाए बजेटको लक्ष्य, ८७.३८ प्रतिशत मात्र खर्च हुने अनुमान

काठमाडौँ- सरकारले अर्धवार्षिक समीक्षामार्फत चालु आर्थिक वर्षको बजेटको लक्ष्य घटाएको छ ।
सिंहदरबारमा सोमबार चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षमा कुल खर्चको ८७.३८ प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको जानकारी दिए । सरकारले चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर, अर्धवार्षिक समीक्षामार्फत सरकारले अब १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ । जुन कुल विनियोजनको ८७.३८ प्रतिशत हो ।
अर्थमन्त्री महतले लक्ष्यअनुरूप आम्दानी हुने अवस्था नदेखिएको बताउँदै मन्त्री महतले बजेटको आकार घटाउनु परेको जिकिर गरे ।
उनले समग्र अर्थतन्त्रको सूचक सकारात्मक हुँदै गएको तर पर्याप्त नभएको बताए । बैंकिङ तरलतामा सुधार, वैदेशिक लगानीको प्रतिबद्धतामा वृद्धि, पर्यटन क्षेत्रमा वृद्धि भएको, कर्जा ४ प्रतिशतले वृद्धि भएको उनले बताए । राजस्व परिचालनको क्षेत्रमा अनुमानित तुलनामा ७७ दशमलव १४ प्रतिशत रहेको उनले जानकारी दिए ।
अर्थमन्त्री महतले राजस्व वृद्धि दर ९ दशमलव ३७ रहेको बताए ।
त्यस्तै अर्थमन्त्री महतले विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडिए) ले नेपालमा सम्मेलन गर्न लागेको र सम्मेलनमा विश्व बैंकका अध्यक्षसहित ९२ देशका प्रतिनिधि नेपाल आउने जानकारी दिए ।
पूर्णपाठ:

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया