इमरान खानकाे पार्टीकाे वेभसाइट माथि प्रतिबन्ध

इस्लामबाद - पाकिस्तानको कार्यकारी सरकारले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीकए-इन्साफ (पीटीआई) को आधिकारिक वेबसाइटमा प्रतिबन्ध लगाएको छ।
पीटीआईको वेबसाइट insaf.pk मा फारम ४५ अपलोड गरेपछि पाकिस्तानमा प्रतिबन्ध लगाइएको हो। यसबाहेक पार्टीले चुनावमा धाँधली भएको प्रमाण पनि वेबसाइटमा अपलोड गरेको थियो ।
पाकिस्तानमा बिहीबार मतदान भएको थियो। मतदान सकिए लगत्तै मतगणना सुरु भएको थियो । शुक्रबार (फेब्रुअरी ९) बिहानसम्म नतिजा आउने विश्वास गरिएको थियो । तर, निर्वाचन परिणाम अझै पूर्ण रूपमा आएकाे छैन ।
जसका कारण देशभर चुनावी नतिजामा धाँधली भएको आरोप लाग्दै आएको छ । इमरान खानको पार्टी पीटीआईका नेताहरूले पनि धाँधली भएको आरोप लगाउँदै अदालत पुगेका छन्। यसअघि पीटीआईले निर्वाचन आयोगलाई निर्वाचनको पूर्ण परिणाम घोषणा नगर्ने वा आन्दोलनको सामना गर्ने धम्की दिएको थियो ।
पार्टीको यो बयानको केही घण्टामै पेशावर र कराँचीमा कार्यकर्ताहरूले नारा लगाएर र पार्टीको झण्डा फहराएर कडा विरोध गर्न थालेका थिए । यसैबीच, पेशावरमा राष्ट्रिय सभाको २८ सिट र अन्य विधानसभा सिटमा पनि धाँधली र हेरफेरको विरोधमा विशाल प्रदर्शन भएको छ । यति मात्र होइन, पीटीआईले सियालकोट, कराची र बलुचिस्तानमा डाक्टर गरिएको भिडियो पनि जारी गरेको छ।
पीटीआई प्रमुख गौहर अली खानले भने कि उनको पार्टीले १७० सीटहरूमा जित हासिल गरेकाे दावी गरेका छन । र, यसमा ती सीटहरू समावेश छन्फ जसमा पीटीआईलाई पहिले नै विजेता घोषित गरिएको थियो। उनले यो पनि दाबी गरे कि पीटीआईसँग मतदान केन्द्रहरूको फारम ४५ प्रमाण छ, जसले पार्टी समर्थित उम्मेदवारहरू जितेको देखाउँदछ, तर रिटर्निंग अधिकारीले उनीहरूलाई असफल घोषित गरेका छन ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_pnCzJmV2es_eqebzwuzn9s3zyrmc3bjdnscb9rdfloqaewa8raosfqiowq35gdkw2kiharf.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_5PP2uyktyv_tge1wkeeteiblre4anxb2hm4jovvhahkifaajsi9xsg4r25mhcmd8wd9c7ml.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

प्रतिक्रिया