नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज पनि, के विषयमा हुँदैछ छलफल ?

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।
हिजो देखी काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा यसअघि भएको माओवादी रुपान्तरण अभियानका बारेमा समीक्षा सुरू गरिएको छ । आज पनि सो अभियानका बारेमा छलफल हुने र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिने कार्यतालिका रहेको छ ।
फागुन १ गते देखी सुरू हुने विधान अधिवेशन अघि माओवादीले केन्द्रीय समिति बैठक बोलाएको छ । गत शनिबार सम्पन्न स्थायी समितिले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पारित र त्यसलाइ पदाधिकारीले टुंगो लगाएर विधान अधिवेशनमा पेस गर्ने निर्णय गरेको भोलिपल्ट सो केन्द्रीय समिति बैठक बोलाइएको हो ।
हिजोको बैठकमा उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुन, प्रवास इन्चार्ज राम कार्की, सम्पर्क समन्वयका इन्चार्ज गिरिराजमणि पोखरेल, कोशीका इन्चार्ज चक्रपाणि खनाल, मधेसका इन्चार्ज लीलामणि पोखरेल, बागमतीका इन्चार्ज जनार्दन शर्मा, गण्डकीका इन्चार्ज देवेन्द्र पौडेल, लुम्बिनीका इन्चार्ज हितमान शाक्य, कर्णालीका इन्चार्ज मातृका यादवले अभियानका बारेमा रिपोर्टिङ गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया