अब विकासको रफ्तारले गति लिन्छ : अर्थमन्त्री महत

नुवाकोट- अर्थमन्त्री डा. प्रकाशशरण महतले अब विकासले रफ्तार लिने बताएका छन् । शनिबार नुवाकोटको तारुका गाउँपालिकामा सोनाम ल्होछारका अवसरमा आयोजित कार्यक्रममा विविध कारणले हुनुपर्ने जति विकास हुन नसकेको बताए ।
ल्होछारको शुभकामना दिँदै उनले भने, ‘अब विकासले रफ्तार लिन्छ । देशमा स्रोतसाधन धेरै छैन, आम्दानी धेरै छैन । आवश्यकता हाम्रो धेरै छन् । यो आवश्यकता पूरा गर्न हामीलाई धेरै पैसा चाहिन्छ ।’
अर्थमन्त्रीले देशैभरि हेर्नुपर्ने भएकाले चाहेजस्तो गर्न कठिन भएको अनुभव सुनाए । ‘मैले बजेट प्रस्तुत गर्दा सकेसम्म सबैतिरको आवश्यकता पूरा गर्ने हिसाबले बजेट विनियोजन गरेको छु,’ उनले भने ।
तारकेश्वर गाउँपालिकाको तारुकाको लागि पनि बजेट राखिएको प्रदेश र संघीय सरकार मिलेर नुवाकोटमा केही न केही गर्ने प्रयास गरिएको बताए । आउने दिनमा अझै धेरै गर्ने मन्त्री डा. महतले प्रतिबद्धता जनाए ।
‘कसौडीमा पकाउनुपर्ने बाध्यता छ, तर खड्कुलोमा पकाएर बाँड्दा पनि नपुग्ने अवस्था छ,’ मन्त्री डा. महतले भने, ‘एकैपटक पो नपुग्ने हो, तर हामी बिस्तारै गर्छौं । यो गाउँपालिकामा दुईवटा कुरालाई महत्व दिइएको छ, एउटा रंगशाला निर्माण हो । पालिकाले केही काम गरेको छ । युवाहरूलाई खेलप्रति आकर्षित गर्न हामीले यस वर्ष खेलकुदमा धेरै बजेट विनियोजन गर्ने नीति बनाएका छौं ।’
माने डाँडादेखि काफलपानी सडक निर्माणको प्रस्ताव आएको र यसलाई पक्की बनाउन लाग्ने उनको भनाइ छ । 'श्रोत र साधनले भ्याएसम्म, देश र जनताप्रति म जिम्मेवार छु, नागरिकको हितका लागि म रातदिन खटेर लाग्ने छु । नुवाकोटमा अहिले विकास निर्माणका धेरै काम अगाडि बढेका छन् । चीनसँग जोडिने सडक विस्तार हुँदैछ, व्यापारिक नाकाको रूपमा विकास हुँदैछ । छहरे–टोखा सुरुङमार्ग अगाडि बढाउने प्रतिबद्धता हामीले गरेका छौं,’ उनले भने ।
उनले नुवाकोटमा अब धेरै रोजगारीको सम्भावना बढ्छ, व्यापारिक गतिविधि चलायमान हुने बताए ।

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, धाेबिखाे…

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट …

नेता शास्त्रीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

एकीकृत समाजवादीको ५० जिल्ला अधिवेशन सकियो

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

प्रतिक्रिया