पाकिस्तान निर्वाचन : नवाज सरिफ र बिलाबल भुट्टाे मिलेर सरकार बनाउने सम्भावना

काठमाडौँ- पाकिस्तानमा पछिल्ला केही चुनावी नतिजाहरूमा कसैले स्पष्ट बहुमत पाउन सकेका छैनन्, यद्यपि सरकार गठनका लागि प्रयास भने सुरु भइसकेकाे छ ।
पछिल्ला केही दिनदेखि देशको राजनीतिमा आम चुनावमा जेलमा परेका पूर्व प्रधानमन्त्री इमरान खानका बफादार स्वतन्त्र उम्मेदवारहरूले कडा प्रदर्शन गरिरहेका छन् ।
पाकिस्तानमा २६५ सिटका लागि चुनाव भएको थियो । बहुमतका लागि १३३ सिट आवश्यक छ । अहिलेसम्म इमरान खानको पार्टीले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले ९१ सिट प्राप्त गरेका छन् भने नवाज सरिफको पीएमएल–एनले ७१ सिट र बिलाबल भुट्टोको पीपीपीले ५४ सिट ल्याएको छ । अन्य दलले ३५ सिटमा जीत हासिल गरेका छन । अझै १५ सिटको मतगणना बाहिर आउन बाँकी रहेको छ ।
तर, जियो न्यूज रिपोर्टका अनुसार पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल-एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) केन्द्र र पन्जाबमा गठबन्धन सरकार बनाउन सहमत भएका छन् ।
केन्द्र सरकारको तहमा पनि दुई समूहका बीच सहमति भइसकेको छ । पीएमएल-एनका अध्यक्ष शहबाज सरिफले पीपीपीका अध्यक्ष बिलाबल भुट्टो र पूर्व राष्ट्रपति आसिफ अली जरदारीलाई भेटेर पाकिस्तानका लागि मिलेर काम गर्न निम्तो दिएका छन्।
उता, इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफले इस्लामावादको तीन सिटको नतिजामाथि प्रश्न उठाएको छ । यी सिटको नतिजालाई चुनौती दिँदै पीटीआई उच्च अदालत पुगेको छ । छिट्टै निवेदन दायर गरिनेछ । एजेन्सी
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_CgH2Ya1cbq_mdwyhz74b0i2z5qyiv2a30rajafaablwotexei8xzzhr087o3ylqgarrva4g.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_0odmI8g5fz_avjo3njeuqkpfyc8zgrc4u7kudkvkdt315yjwhwoodg75zyspvmrz6lsp0uh.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

प्रतिक्रिया