कम्बोडियामा बर्ड फ्लुले एक बालकको मृत्यु

न्होमपेन्ह- कम्बोडियाको स्वास्थ्य मन्त्रालयले नौ वर्षीय बालकको बर्ड फ्लुबाट मृत्यु भएको शुक्रबार बताएको छ । मन्त्रालयले भाइरसबाट जारी खतराको चेतावनीसमेत दिएको छ । बर्ड फ्लुबाट गत वर्ष तीन जनाको मृत्यु भएको थियो ।
उत्तरपूर्वी क्र्याटी प्रान्तका ती बालक आफ्नो परिवारसँग कुखुराको मासु खाएपछि बिरामी भएका थिए । उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएको थियो र बिहीबार उनको मृत्यु भयो ।
मन्त्रालयले परीक्षणहरूबाट बालकको मृत्यु बर्ड फ्लु भाइरसको अत्यधिक रोगजनक एच५एन१ स्ट्रेनबाट भएको बताएको छ । 'प्रमाणअनुसार बिरामीको घरमा पाँच वटा कुखुरा र तीन वटा हाँस मरेका छन्, उनीहरूले कुखुरा र हाँसको मासु पकाएर खाएका थिए,' मन्त्रालयले भनेको छ ।
स्वास्थ्य अधिकारीहरूले भाइरसको स्रोतको अनुसन्धान गरिरहेको र थप मामिला खोजिरहेको पनि मन्त्रालयले बताएको छ । 'स्वास्थ्य मन्त्रालय पुनः सबैलाई बर्ड फ्लुप्रति सतर्क रहन स्मरण गराउँछ किनकी एच५एन१ हाम्रा जनताको स्वास्थ्यका लागि खतरा बनेको छ,' मन्त्रालयले भनेको छ ।
गत वर्ष राज्यमा बर्ड फ्लुबाट दुई वर्षकी बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको थियो । सन् २०२१ को अन्त्यदेखि युरोप बर्ड फ्लुको सबैभन्दा खराब प्रकोपबाट प्रभावित भएको छ । उत्तर र दक्षिण अमेरिकाले पनि गम्भीर प्रकोपको सामना गर्नुपरिरहेको छ ।
बर्ड फ्लुका कारण संसारभरमा लाखौँ घरेलु कुखुरा मारिएको छ । तिनीहरूमध्ये धेरैमा एच५एन स्ट्रेन थिए । यसै महिनाको प्रारम्भमा चेक गणतन्त्रमा एक लाख ४० हजार कुखुरा मारिएको थियो । वैश्विक प्रकोप हजारौँ जङ्गली पक्षीहरूको मृत्युका लागि पनि जिम्मेवार छन् । रासस/एएफपी
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_CgH2Ya1cbq_mdwyhz74b0i2z5qyiv2a30rajafaablwotexei8xzzhr087o3ylqgarrva4g.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_0odmI8g5fz_avjo3njeuqkpfyc8zgrc4u7kudkvkdt315yjwhwoodg75zyspvmrz6lsp0uh.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

प्रतिक्रिया