बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

आगलागीबाट दुई बालबालिकाको मृत्यु

सांकेतिक तस्बिर

अछाम- अछाम मेल्लेख गाउँपालिका–३ मा आगलागीबाट दुई बालबालिकाको मृत्यु भएको छ । 

जयबहादुर बुढा र झंकरे बुढाको खरले छाएको गोठमा बुधबार साँझ भएको आगलागीमा ६ वर्षीया निरुता बुढा र तीन वर्षीय अंकित बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गोठमा बालेको आगोभित्र राखिएको खरमा सल्किएपछि खेलिरहेका बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।