क्यान्सर न्यूनीकरण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने : स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले क्यान्सर रोग न्यूनीकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। आइतबार विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले क्यान्सर रोग तत्काल उन्मुलन गर्नसक्ने अवस्था नभएको उल्लेख गर्दै त्यसको न्यूनीकरणका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले क्यान्सर न्यूनीकरणका लागि आ–आफ्नो ठाउँबाट सकेको योगदान पुर्याउन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिए। मन्त्री बस्नेतले क्यान्सर रोगविरुद्ध लड्ने आधार तत्काल पार्न पनि मातहतका निकायलाई सचेत गराए ।
उनले सम्बन्धित निकायले सचेत भएर काम गरे क्यान्सर रोग नियन्त्रण गर्न कुनै कठिनाइ नहुनेसमेत स्पष्ट पारे।
‘क्यान्सर रोगलाई यो देशबाट न्यूनीकरण गर्दै जाने कुरामा अहिले हामी उन्मूलन त तत्कालै भन्न सक्दैनौं। न्यूनीकरण गर्दै जाने कुरामा धेरै ठूलो मद्दत मिल्छ भन्ने कुरामा मैले विश्वास गरेको छु,' मन्त्री बस्नेतले भने, आगामी दिनमा हामीले त्यो रोगविरुद्ध लड्नेछौँ। यसका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी हुनेछैन।'
मन्त्री बस्नेतले सरकारले क्यान्सर रोगविरुद्ध लड्न एकीकृत रणनीतिक योजना बनाउने पनि बताए ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया