नेपाल सुन चाँदी व्यवसायी संघ रौतहटको विकल्पमा किन दर्ता भयो अर्को संघ ?

रौतहट- रौतहटमा सुन चाँदी व्यवसायीहरूले माउ संस्था नेपाल सुन चाँदी व्यवसायी संघको विकल्पमा नेपाल सुनचाँदी रत्न आभूषण व्यवसायी संघ रौतहट गठन गरेका छन् । माउ संघले साना व्यवसायीहरूको कहिल्यै वास्ता नगरेको तथा केन्द्रबाट पाइने सुविधाबाट वञ्चित गरेको भन्दै रौतहटमा सुन चाँदीका साना व्यवसायीहरूले विकल्प खोजेका हुन् ।
यहाँका व्यवसायीहरू जिल्ला प्रशासन कार्यालय रौतहटमा नेपाल सुन चाँदी रत्न आभूषण व्यवसायी संघ विधिवत् रूपमा दर्ता गरी जिल्लाको मध्यभाग गरुडामा पहिलो साधारणसभा तथा अधिवेशन सम्पन्न गरेका छन् । बुधबार सम्पन्न पहिलो साधारणसभा तथा अधिवेशनबाट उमेशप्रसाद साहको अध्यक्षतामा १३ सदस्यीय नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ रौतहट चयन गरिएको छ । संघको प्रथम वरिष्ठ उपाध्यक्षमा सन्नीकुमार सर्राफ, द्वितीय उपाध्यक्षमा शिवमकुमार सोनी, महासचिवमा रामवरणकुमार सोनी, सचिव तथा प्रवक्तामा चन्दन सागर, कोषाध्यक्षमा मिना देवी, सल्लाहकारमा कृष्णकुमार साह, गान्धि साह सर्वसहमतिमा चयन भएका हुन् ।
यस्तै सदस्यहरूमा सचिन्द्र साह सोनार, शान्ति देवी, उमेश साह सोनार, शिवशंकर साह, अनिता कुमारी, दिपककुमार साह निर्वाचित भएका छन् । दुई जना सदस्य भने समितिको अर्को बैठकले मनोनीत गर्ने जनाइएको छ ।
संघका अध्यक्ष उमेशप्रसाद साहका अनुसार रौतहटमा सुनचाँदी व्यवसायीको माउ संस्था गठन भएदेखि नै गर्दै आएको बेवास्ताका कारण एक दशकपछि अर्को संघ गठन गर्न बाध्य भएको बताए । जिल्लामा २०७० सालमा पहिलोपटक संघ दर्ता हुँदा आफू सचिव रहेको उनले बताए ।
सुनचाँदी व्यवसायी संघ दर्ता भएको जिल्लामा केन्द्र अर्थात महासंघले (सहुलियत) राष्ट्र बैँकले तोकेको दरभाउमा माग तथा आयातको आधारमा मासिक १ देखि ५ किलोग्रामसम्म सुन दिने गर्दछ । बजार भाउभन्दा ३ देखि ५ हजार प्रतितोला सस्तो हुने उक्त सुन संघमा दर्ता भएका सबै व्यापारीलाई कारोबारको मूल्याङ्कन गर्दै दामासाही अनुसार वितरण गर्नुपर्ने महासंघले व्यवस्था गरेको छ । उक्त व्यवस्थाअनुसार जिल्लाको संघले कहिल्यै सुन वितरण नगरेकाे आराेप छ ।
पछिल्लो १० वर्ष देखि बहालवाला अध्यक्षकै हालिमुहालीका दुई-चार जना व्यापारीले उक्त सुविधा लिँदै आएको वैकल्पिक नव गठित संघका अध्यक्ष उमेशप्रसाद साहले बताए । त्यति मात्र नभई नेपाल सुनचाँदी व्यवसायी संघ रौतहटमा तीन-तीन जना वरिष्ठ उपाध्यक्षलाई पाखा लगाउँदै पावर पहुँचको भरमा साधारण सदस्य समेत नरहेका व्यक्तिलाई अध्यक्ष बनाएको कारण अर्को संघ गठन गर्न बाध्य भएको उनले बताए ।
सदरमुकाम गौर, गरुडा, चन्द्रपुर , कटहरिया लगायत जिल्लाभरिका झण्डै १५० मध्ये १२५ व्यवसायी आफूहरूको साथ रहेको नव गठित नेपाल सुनचाँदी रत्न आभूषण व्यवसायी संघ रौतहटका महासचिव रामवरण साह सोनारले बताएका छन् । नेपाल सुन चाँदी व्यवसायी संघका पूर्व अध्यक्ष प्रकाश गहतराजले आरोपहरूको खण्डन गर्दै प्रजातान्त्रिक अभ्यासअनुसार अर्को संघ दर्ता गर्ने व्यापारीको अधिकार भएको प्रतिक्रिया दिएका छन् ।

दही र महीको माग बढ्दै

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

प्रतिक्रिया