सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त

फाइल तस्बिर

काठमाडौँ - सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त गरेको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक समिति सदस्य राईलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।