रौतहटमा नाग निस्केको भन्दै हेर्नेको भीड

रौतहट- रौतहटको फतुवा विजयपुर नगरपालिका-३ स्थित सर्प देखिएपछि नाग देवता भन्दै हेर्नेको भीड लागेको छ । फतुवा विजयपुर- ३ मेवा गाउँ र टेंग्राहाको बीचमा सर्प देखिएको हो । उक्त स्थानमा मंगलबार बिहानदेखि नाग देवताको दर्शन गर्नेभन्दै स्थानीयको भीड लागेको वीरेन्द्र यादवले बताए ।
पछिल्लो तीन दिनदेखि उक्त स्थान नहरको छेउमा सर्प देखिने गरेको उनले बताए । नहर छेउको खेतको दुलोबाट बिहान १० बजे निस्केर दिउँसो ३ बजेसम्म एउटै स्थानमा बस्ने गरेको स्थानीयहरूले बताएका छन् । यहाँ देखिएको सर्प जस्तै केही समयअघि कटहरियामा पनि देखिएको थियो । उक्त सर्पलाई ब्ल्याक कोब्रा भनिएको थियो ।
यसअघि जिल्लाको उत्तरी भेग गुजरा नगरपालिकाअन्तर्गत जंगलमा नाग देवता देखिएको भन्दै दैनिक हजारौं मानिसको भीड लागेको थियो ।
स्थानीयको अनुरोधमा मेयर सन्तलाल चौधरीले नाग निस्कने स्थानमा मन्दिर निर्माणको लागि शिलान्यास गरेका थिए । शिलान्यासको केही दिनपछि उक्त स्थानमा एक महिनादेखि देखिँदै गरेको सर्प आउन छोडेपछि मन्दिर निर्माण हुन सकेन । न्युजकारखाना

दही र महीको माग बढ्दै

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

प्रतिक्रिया