खोप कूटनीतिबारे पाण्डेको सुझाव : ‘भीमसेन थापाबाट कूटनीति बुझुन्’
काठमाडौँ : पूर्वपरराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले खोप भित्र्याउन सरकार कूटनीतिक रूपमा असफल भएको संकेत गर्दै भीमसेन थापाबाट सिक्न र इतिहास बुझ्न सुझाएका छन् । ‘सतर्कतापूर्वक, नेपालको तत्कालीन र दीर्घकालीन हितलाई संयम र परिपक्व ढङ्गले संचालित वैदेशिक सम्बन्धमा पनि विचलन आएको छ ।शासक वर्गले इतिहासको पाठ बिर्सिएका छन्,’ उनले लेखेका छन् ।
जतिखेर भीमसेन थापा प्रधानमन्त्री थिए, त्यतिबेला भारतमा शासन चलाइरहेका ब्रिटिश कम्पनीसँग नेपाल युद्ध गरिरहेको थियो । त्यही समयमा नेपालमा बिफर र दादुराको महामारी फैलियो । त्यस्तो युद्धका समयमा पनि खोप भित्रयाउँदै नेपाली नागरिक बचाएका थिए ।
‘त्यतिखेर हामीसँग चिकित्सक कहाँबाट हुुनु ? सम्भवत् कम्पाउन्डर पनि थिएनन् होला’ पाण्डेले इकागजसँग भने, ‘त्यो अवस्थामा कूटनीतिक कौशलता प्रदर्शन गरी उनले खोप-औषधि भित्र्याएका थिए । त्यतिखेर राजपरिवारकै सदस्यको पनि निधन भएको थियो ।’
यतिखेर भारतीय खोप नआएको पृष्ठभूमि जोड्दै पाण्डेले सामाजिक सन्जालमा लेखेका छन्, ‘ब्रिटिश इण्डियामा ६० हजारभन्दा बढी मरेका थिए-त्यसबेला नेपाल र ब्रिटिश इण्डिया युद्धको अवस्थामा थिए-तर प्रधानमन्त्री भीमसेन थापाको कूटनीतिक सिपले ब्रिटिश खोप ल्याएर जनतालाई बचाएको थियो । भारतीय खोपको पहिलो मात्रा लगाई सकेका नागरिकहरु यो दाबीले नेपालको वर्तमान राजनीतिलाई प्रभाव पार्ने लेनदेनलाई मात्र संकेत गरेको हैन भने अब त भारतीय खोप आउला नि !’
भारतमा उत्पादित पहिलो डोज ‘कोभिशिल्ड’ लगाएका जेष्ठ नागरिक र अन्य व्यक्तिहरू दोस्रो खोप लगाउन नपाएर छटपटिएका छन् । सरकार र बिचौलिया खेलमा समय ब्यतित भएपछि भारतबाट दोस्रो खेपको ‘कोभिशिल्ड’ आउन सकेन । सरकारले खोप भित्र्याउन ‘कूटनीतिक’ काम गर्न चुक्न पुगेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया