देखिन छाड्यो निकुञ्जमा बाह्रसिंगे
चितवन : चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा राखिएको बाह्रसिंगे गतअसोज महिनादेखि देखिन छाडेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्नासँगै रहेका बाह्रसिंगे खुल्ला खोरमा नभेटिएको हो । उनले भने, “गत असोजदेखि खोरभित्र देखिएको छैन । कतै झाडिमा लुकेको, बाघले खाएको वा खोर बाहिर भागेको भन्ने बारे एकिन हुन नसकेको छैन । ”
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विसं २०७४ मा पाँच पोथी र दुई भाले गरी सात बाह्रसिंगे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो । ती मध्ये दुई पोथी ल्याउने वित्तिकै र अन्य चार विभिन्न कारणले मरिसेका छन् । अर्नासँगै रहेको बाँकी रहेको एक बाह्रसिंगे पनि लामो समयदेखि देखिन छाडेको हो ।
तत्कालिन अवस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँ ५ भाले सहित २५ बाह्रसिंगे ल्याउने योजना थियो । यहाँ ल्याए लगत्तै बाह्रसिंगे मरेपछि थप ल्यााउने काम रोकिएको थियो ।
निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर निर्माण गरी अर्ना र बाह्रसिंगे राखिएको छ । सरकारले प्रजाती संरक्षण र विस्तारका लागि वन्यजन्तु स्थानान्तरण गर्दै आएको छ । यहाँ कोशीबाट अर्ना ल्याइएको छ भने यहाँका एकसिंगे गैंडा बर्दिया र शुक्लाफाँटा स्नानान्तरण गरिएको छ । रासस

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_54ZAsujOBD_0p8m9tv3uhxvcwacpazu4rwihxvqlhhw7buvvjyhsa8oa0k9dy9wmsppgunx.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

स्वर्गको टुक्रा गौरी टाप
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_vxTEfLsVgU_pv1kcfzd8zg6dcytz2spfg4vhsqpaqecmc6wqw2ygleicgy9fkie9kcdvqws.jpg)
प्रतिक्रिया