सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार
तीन जना पक्राउ
जनकपुरधाम : सिरहाको मिर्चैयामा एक व्यवसायीमाथि गोली प्रहार भएको छ । शनिबार राती मिर्चैया नगरपालिका ५ को मूख्य चोकमा औषधि पसल सञ्चालन गर्दै आएका ३९ वर्षीय रामसागर साफीलाई ४ जनाको समूहमा आएको अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीका अनुसार गोली प्रहारबाट औषधि व्यवसायी साफी गम्भीर घाइते भएका छन् । उनको मिर्चैयास्थित मंगलम हेल्थ केयरमा उपचार भइरहेको छ । साफीको दाँया खुट्टा र हातमा गोली लागेको छ ।
पसलमा हिसाब मिलान गरिरहेको बेलामा बत्ति गएको मौका छोपी हतियारधारी समूहले गोली प्रहार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम शर्माले बताए । घटनाबारे अनुसन्धान भइरहेको र गोली प्रहारमा संलग्न रहेको अशंकामा तीन जनालाई पक्राउ गरिएको उनले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया