टी-ट्वान्टी विश्वकप : नेपालको खेल अमेरिका र वेस्ट इन्डिज दुवैमा खेलाइने सम्भावना

काठमाडौँ- यस वर्षको आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकप आगामी जुन ४ देखि ३० तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ ।
यस पटकको टी-ट्वान्टी विश्वकपमा २० टिमको सहभागिता रहेको छ र सहभागी टिमलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ ।
इंग्लिस अनलाइन पोर्टल 'द टेलिग्राफ' ले जनाएअनुसार नेपाल समूह 'डी' मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि रहेका छन् ।
समूह 'ए' मा भने भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानाडा र सह-आयोजक अमेरिका रहेका छन् । त्यसैगरी, समूह 'बी' मा इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । समूह 'सी' मा न्यूजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यूगिनी अटाएका छन् ।
तालिकाअनुसार चारवटै समूहका शीर्ष दुई टोली भने शीर्ष ८ मा पुग्नेछन् । ती ८ टोलीलाई दुई समूहमा विभाजित गरिने तथा दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा स्थान बनाउने तालिका छ । सेमिफाइनल विजेताले जुन २९ मा फाइनल खेल्ने तय भएको छ । फाइनल वेस्ट इन्डिजमा खेलाइने भएको छ ।
टेलिग्राफले उल्लेख गरेअनुसार समूह 'बी' र 'सी' का खेलहरू वेस्ट इन्डिज तथा समूह 'ए' का खेलहरू अमेरिकामा खेलाइने तालिका रहेको छ । समूह 'डी' का खेलहरू भने अमेरिका र वेस्ट इन्डिज दुवैमा हुने जनाइएको छ ।
यसको अर्थ नेपालले अमेरिका र वेस्ट इन्डिज दुवै देशमा गएर विश्वकपका खेलहरू खेल्ने सम्भावना रहेको छ ।
नेपालले एक दशकपछि पुनः टी-ट्वान्टी विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो ।
त्यसयता नेपाल विश्वकपमा छनोट हुन सकिरहेको थिएन । तर, गत अक्टोबर र नोभेम्बरमा नेपालमै भएको आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रको छनोटमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै नेपालले अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान सुरक्षित गरेको हो ।
छनोटअन्तर्गत मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको सेमिफाइनलमा यूएईलाई ८ विकेटले पाखा लगाउँदै नेपालले एक दशकपछि विश्वकपमा स्थान सुरक्षित गरेको थियो । नेपाललाई विश्वकपमा पुर्याउन यूएईविरुद्धको खेलमा आशिफ शेखले ६४ रन जोड्दा कुशल मल्लले सर्वाधिक ३ विकेट हात पारेका थिए ।
अर्को सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले पराजित गरेर ओमानले पनि नेपालसँगै विश्वकपमा स्थान पक्का गरेको थियो । विश्वकप छनोटको फाइनलमा भने ओमानले नेपाललाई सुपर ओभरमा पराजित गरेको थियो ।

आरआरए क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू हुँदै,१५ छात्र टिमको सहभागिता रहने

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Rh2ZHCOLS0_2wiqfbmwtvltshbsnwy3u8e2sso1seh49i40zd4mato6yip69gyg0jqeslv8.jpeg)
प्रतिक्रिया