कोशी प्रदेशसभा बैठक : एक विधेयक पारित

विराटनगर - कोशी प्रदेशसभाको आजको बैठकमा ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।
कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम १०७ बमोजिम मुख्यमन्त्री केदार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सो प्रस्ताव सदनमा पेश गरेका थिए । मन्त्री राईले विधेयकमाथिको छलफलमा उठेका विषयबारे जवाफ दिँदै उक्त विधेयकले सुशासन र जनशक्ति परिपूर्ति गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले विधेयकले स्थानीय तहमा न्याय सम्पादन र सूचना प्रणालीलाई व्यवस्थित गर्न पनि मद्दत गर्ने धारणा राखे ।
न्याय, प्रशासन तथा विधायन समितिबाट दफावार छलफल भइ आएको सो विधेयकबारे कोशी प्रदेशसभा सदस्यद्वय रेवतीरमण भण्डारी र प्रदीप सुनुवारले आफनो धारणा राखेका थिए ।
शून्य समय
यसैगरी पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले प्रदेशसभाको बैठकमा शून्य समयमा उठेका प्रश्नको जवाफ दिँदै सरकारले आवश्यकता र बजेटका आधारमा काम गर्दै जाने बताए । कोशी प्रदेशको नामकरणको विषयमा उत्पन्न विवाद समाधान गर्न सरकार तत्पर रहेको उल्लेख गर्दै उनले पहिचानवादीसँग सरकार वार्ता गर्न तयार रहेको र यसका लागि आवश्यक गृह कार्य भइरहेको बताए ।
मन्त्री उप्रेतीले जङ्गली हात्तीले गरेको हानी नोक्सानीको क्षतिपूर्तिका लागि बनेको निर्देशिकाअनुसार नै हुने तथा जङ्गली हात्तीबाट नागरिकलाई बचाउन अल्पकालीन र दीर्घकालीन उपायबारे छलफल भइरहेको जानकारी दिए ।
शून्य समयमा समसामयिक विषयमा प्रदेशसभा सदस्यहरु गीतारानी महतो, बन्दना झाँगर, यशोदा कायस्थ, राधाकृष्ण खनाल, सविना बजगाईं र सृजना राईले प्रश्न गरेका थिए ।
कोशी प्रदेशसभाको अर्को बैठक यही पुस २४ गते बिहान १० बजे बस्ने उपसभामुख सृजना दनुवारले जानकारी दिए ।
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_xrITX4RRAL_0vtbpde7vvcmmrgzn7vcjutj9mmvrotrimla4gyq1zu2q8jedebmid3ogvh9.jpg)
प्रतिक्रिया