शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

'चुरे दोहन'विरुद्ध जागरुक नागरिक समाज : भ्रष्ट मानसिकता देखियो !

काठमाडौँ : 'चुरे दोहन'लाई रोक्न जागरुक नागरिक समाजले अपिल जारी गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत ढुंगा, गिट्टी, बालुवा तेस्रो मुलुकमा निकासी खुला गर्ने निर्णयप्रति ध्यानाकर्षण गर्दै समाजले सरकारको निर्णयप्रति आशंका प्रकट गरेको हो । 

शनिबार जारी समाजको विज्ञप्तिमा भनिएको छ,'देशकै भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्तो राष्ट्रिय महत्वको निर्णय कामचलाउ सरकारले लिने निर्णय होइन। मनोमानी ढंगले सरकारले लिएकाे यस्ताे निर्णयमा गलत आशय मात्र हाेइन्, भ्रष्ट मानसिकता पनि देखिन्छ। त्यसैले यो निर्णय तुरुन्त फिर्ता लिइयोस् ।' 

जागरुक नागरिक समाजको तर्फबाट ३८ जना विभिन्न क्षेत्रमा कार्यरत नागरिकले हस्ताक्षर गरेका छन् ।

हेर्नुस् विज्ञप्ति :