दुई दिन सार्वजनिक बिदा थप गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले साविकको बिदामा दुई दिन थप गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्काे निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले साविकको बिदामा माघ १६ को सहिद दिवस र राम नवमीमा बिदा दिने निर्णय भएको जानकारी दिइन् ।
बैठकले नेपाल-चीन व्यापार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालको तर्फबाट मन्त्रालयका सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गठन गरेको छ भने झुटा विवरण पेस गरी सिराहा प्रशासन कार्यालयबाट प्राप्त गरेका ६ वटा नेपाली नागरिकताका प्रमाणपत्रहरू रद्द गरी नेपाली नागरिकबाट हटाउने समेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
त्यस्तै नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा र नौ जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन्
प्रवक्ता शर्माले बालकुमारी घटना निकै गलत भएको बताइन् । आफ्ना असन्तुष्टि, विषय, शान्तिपूर्वक राख्न पाउने अधिकार सबैलाई रहे पनि त्यसको आफ्नै तरिका हुने भन्दै अराजकतालाई प्रश्रय दिने काम कसैले गर्न नहुने उनले बताइन् ।
उनले घटनाको विवरण लिने काम भइरहेको जिकिर गरिन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया