प्रत्यारोपण केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया छिट्टै टुंगोमा पुग्छ : मन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया सरकारले अघि बढाएको बताएका छन् ।
शनिबार बिहान काठमाडौँमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीको पटक-पटकको निर्देशनपछि केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको बताएका हुन् । बिरामीको खचाखच हुने केन्द्रको थप विस्तारका लागि सरकारले पहल गरि रहेको बताउँदै भक्तपुर र नागार्जुनमा पनि छिट्टै जग्गा उपलब्ध गराउने बताए ।
'जग्गा उपलब्ध गराउनका लागि सम्मानिय प्रधानमन्त्रीबाट पटक-पटक निर्देशन आइसकेको छ । अब जग्गाको लागि भौतारिरहनुपर्ने अवस्था छैन । जग्गाको विषय चाँडोभन्दा चाँडो टुंगोमा पुर्याउन मन्त्रालयले कुनै कसर बाँकी राख्दैन' उनले भने ।
उनले आफू मन्त्री भएर आएपछि चिकित्सा क्षेत्रमा व्यापक सुधारका काम भइरहेको बताए । चिकित्सा क्षेत्रको सुधारमा प्रधानमन्त्रीबाट आफूले चाहेकोभन्दा धेरै सहयोग पाएकोसमेत बताएका थिए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया