लागूऔषध मुद्दाका प्रतिवादी २९ वर्षपछि पक्राउ

अर्घाखाँची- लागूऔषध मुद्दामा जेल चलान गर्ने अदालतले फैसला सुनाएपछि फरार रहेका एक जना २९ वर्षपछि पक्राउ परेका छन् ।
अर्घाखाँचीको पाणिनि गाउँपालिका-८ पालीमा घर भई हाल नेपालगञ्ज उपमहानगर पालिका-२ बस्ने समसुदिन मियाँलाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठोरले बताए ।
मियालाई लागूऔषध मुद्दामा गुल्मी जिल्ला अदालतको २०५१ असार ३० गतेको फैसला अनुसार २ वर्ष ५ महिना २४ दिन कैद कैद फैसला गरेको थियो । अदालतले कैद सजाय सुनाएपछि उनी फरार भएका थिए ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला अदालत अर्घाखाँचीमा पेस गरिएको र कैद भुक्तानका लागि कारागार चलान गरिएको डीएसपी राठोरको भनाइ छ ।

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कटहरियाको ११ औं नगरसभाबाट साढे ५४ करोड रुपैयाँको बजेट पारित

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

सामाजिक सञ्जालमा जथाभावी बाेल्ने ड्राइभर रेशम पक्राउ

प्रतिक्रिया