निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने

काठमाडौँ- रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने भएको छ । बिहीबार रुपन्देहीमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधीन क्रिकेट रंगशाला फागुन १ गतेबाट प्रतियोगिता खेलाउनका लागि तयार हुने भएको हो । सो रंगशाला अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आइटी कम्पनीले निर्माण गरिरहेको छ । पत्रकार सम्मेलनमा बोल्दै एक्स्ट्राटेक ओभल प्रा.लि.का निर्देशक विनोद कुँवरले निर्माणाधीन क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको बताए ।
उनले मैदानमा सात वटा पिच रहेको र फागुन १ गतेबाट प्रतियोगिताका लागि योग्य हुने स्पष्ट पारे । उनले रंगशाला निर्माणको समयसीमा सकिन ४ महिना बाँकी रहँदै निर्माण सम्पन्न भएको हो । रंगशाला वैशाखसम्ममा निर्माण गरिने लक्ष्य राखिएको थियो ।
उक्त रंगशलामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरू निर्माणको काम माघ महिनाबाट सुरु गर्ने पनि निर्देशक कुँवरले बताए । सबै रुमहरूको काम वैशाखसम्म सकिसक्ने बताए । उक्त रंगशालामा तत्कालका लागि दर्शक सिट ५ हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने स्थान बनाइने बताए । उनले आगामी दसैँसम्ममा रंगशालाले सम्पूर्ण काम पूरा हुने प्रतिबद्धता जनाए ।
पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले मैदानमा धेरै भन्दा धेरै प्रतियोगिता सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गरेर प्रतियोगिताहरू सञ्चालन गर्न आग्रह गरे ।
क्रिकेट रंगशालाको ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । अहिलेसम्म ५ करोड रुपैयाँ खर्च भएको निर्माण कम्पनीले जनाएको छ । नेपालमा क्रिकेटको लोकप्रियता बढिरहेको समयमा निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्नु सुखद् पक्ष हो । यस किसिमको काम अन्य निजी क्षेत्रहरूले पनि अनुशरण गर्नुपर्ने आवश्यकता छ । साथै खेलकुदमा लगानी गर्ने निजी क्षेत्रहरूलाई सबैले प्रोत्साहन गर्नसके समग्र खेलकुदको विकासमा सहयोग पुग्नेमा दुई मत छैन ।

आरआरए क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू हुँदै,१५ छात्र टिमको सहभागिता रहने

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Rh2ZHCOLS0_2wiqfbmwtvltshbsnwy3u8e2sso1seh49i40zd4mato6yip69gyg0jqeslv8.jpeg)
प्रतिक्रिया