नागढुंगाबाट दुई केजी सुन बरामद प्रकरण : थप एक चिनियाँ नागरिक पक्राउ

काठमाडौँ- नागढुंगाबाट दुई केजी सुन बरामद प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २७ वर्षीय चेन झिवेई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
मंसिर २१ गते रसुवाबाट काठमाडौँ आउँदै गरेको निजी गाडीबाट दुई किलो सुनसहित तीन जना पक्राउ परेपछि चिनियाँ नागरिक चेन भने फरार थिए ।
यसअघि पक्राउ परेका तीनै जना रसुवाका स्थानीय हुन् । चिनियाँ नागरिक चेनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कटहरियाको ११ औं नगरसभाबाट साढे ५४ करोड रुपैयाँको बजेट पारित

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

सामाजिक सञ्जालमा जथाभावी बाेल्ने ड्राइभर रेशम पक्राउ

प्रतिक्रिया