राप्रपा बैठक : सडक आन्दोलनको अपरिहार्यतामा जोड

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यथास्थितिमा देश अघि बढिरहन नसक्ने निष्कर्ष निकाल्दै सडक आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ ।
बिहीबार काठमाडौँमा बसको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले राजनीतिक, सामाजिक, आर्थिक रूपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको भन्दै यथास्थितिमा देश अघि बढिरहन नसक्ने निष्कर्षका साथ सडक आन्दोलनको अपरिहार्यतामा जोड दिएको हो ।
बैठकले राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापना, संघीयता खारेजी एवं सुशासन तथा जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ भने आन्दोलनमा सहकार्यका लागि समान विचार राख्ने राजनीतिक दलहरू संघसंस्थाहरू र अभियन्तालाई आह्वान गर्ने निर्णय गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
केन्द्रीय कार्यसमितिको बैठक पुस १ देखि ३ गतेसम्म काठमाडौँमा बस्ने उनले बताए । त्यस्तै बैठकले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय र सबै तहमा उत्सवको रूपमा मनाउने निर्णय भएको उनले बताए । बैठकले राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी हुने र यस सम्बन्धमा अन्य दलसँग आवश्यक सहयोग जुटाउन र सम्पादन गर्न पार्टीका राजनीतिक विभाग प्रमुख एवं वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको उनले लिङ्देनले बताए ।
त्यसैगरी राप्रपाले इलाममा हुने उपनिर्वाचनकोे तयारी समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजंग गुरुङलाई जिम्मेवारी दिएको छ भने राप्रपा नियमावली २०८० का मस्यौदालाई विधान मस्यौदा समितिमा पठाई समितिको रायसहित केन्द्रीय समितिको बैठकमा पेस गर्ने निर्णय भएको अध्यक्ष लिङ्देनले जानकारी दिए । उनले एनसेलको सेयर खरिद बिक्री प्रकरण राष्ट्रहितविपरीत देखिएकाले राज्यले अनुसन्धान गर्नुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया