ओलीको प्रश्न : स्वयंसेवकले ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा सरकार के हेरेर बसेको छ ?

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलका स्वयंसेवकहरूले भूकम्प प्रभावित क्षेत्रमा ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा समेत सरकारले चासो नदेखाएको बताएका छन् ।
झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलबार रुकुम पश्चिम र जाजरकोटको सिमाना रिम्ना पुगेका ओलीले यस्तो बताएका हुन् । उनले ८१३ वटा नयाँ अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ ? भन्दै प्रश्न गरे । उनले आफूहरूले यो संख्यालाई दुई हजार पुर्याउने ढंगले अघि बढिरहेको बताए ।
उनले भने, ‘यति भोलिन्टियर आएर ८१३ वटा नयाँ अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ । यो संख्यालाई हामीले २ हजार पुर्याउने भनेका छौँ । दुई हजार आवास हाम्रा भोलिन्टियरहरूले बनाउँछ, अनि सरकार के हेर्छ, सकिँदो रहेछ नि, सरकारले बनाउनु पर्दैन । सरकारसँग पैसा छ, हामीसँग पैसा छैन । बिनापैसा हामीले ८ सय १३ घर निर्माण गरेका छौँ ।’
देशमा समस्या परेको ठाउँमा नेकपा एमाले स्वयंसेवकको रूपमा पुग्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया