यू-१९ क्रिकेट टिमका खेलाडीहरूले दुई दिनभित्र पूर्वघोषित पुरस्कारको रकम पाउँछन् : मन्त्री लिम्बु

काठमाडौँ- खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू-१९ क्रिकेट टिमका खेलाडीहरूले दुई दिनभित्र पूर्वघोषित पुरस्कारको रकम पाउने दाबी गरेका छन् ।
मंगलबार काठमाडौँमा यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाई गर्दै मन्त्री लिम्बुले अर्थ मन्त्रालयबाट पुरस्कारवापतको रकम स्वीकृत भइसकेको भन्दै दुई दिनभित्र खेलाडीहरूको खातामा आउने बताएका हुन् । पुरस्कार उपलब्ध गराउने सम्बन्धी विगतमा रहेको समस्या समाधान भइसकेको उनले बताए ।
मन्त्री लिम्बुले खेल जितेर आएको सातदेखि १५ दिनभित्र दिइसक्ने नीति मन्त्रालयको रहको जिकिर गरे ।
यू-१९ विश्वकपमा छनोट भएपछि सरकारले यू-१९ क्रिकेट टिमका खेलाडीलाई जनही रु तीन-तीन लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गरौः महामन्त्री थापा

सत्ताले हाम्रो कुरा सुनेनः प्रवक्ता झा

‘सङ्घीयतालाई बलियो बनाउन सङ्घीय कानुन निर्माण भइरहेको छ’

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर…

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्री ओलीको आग्रह

अब काठमाडौँमा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : खानेपानीमन्त्री यादव

प्रतिक्रिया