शेखरको दाबी - राजनीतिज्ञ, कर्मचारी र व्यापारीहरुको मिलेमत्तोमा एनसेल बिक्री भयो

काठमाडौँ - नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूको मिलेमत्तोमा एनसेल बिक्री भएको बताए । उनले भने,‘ आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिँदै छ भन्ने केही दिनदेखि जताततै चर्चा भइरहेको छ । यसमा राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूको मिलेमतो नभइ सम्भव हुँदैन । त्यसकारण हामीले नेताहरूलाई प्रश्न गरेका छौं कि एनसेल बिक्री प्रकरण किन भयो ?’
यस घटनालाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको भन्दै नेता कोइरालाले नेपाललाई विकसित मुलुक बनाउन भ्रष्टाचारलाई निर्मूल गर्नुको विकल्प नभएको प्रष्ट पारे ।
नेपाली कांग्रेस ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै नेता कोइरालाले भ्रष्टाचारलाई निर्मूल पार्न नसके नेपाललाई विकसित मुलुक बनाउन नसकिने बताएका हुन् ।
कोइरालाले भने,‘अहिले जताततै मानिसहरुमा असन्तुष्टि छ । यसको कारण केहो भनेर बुझ्दा भ्रष्टाचारले देशलाई गाँजेको छ भन्ने कुरा सर्वत्र सुन्नुहुन्छ । भ्रष्टाचार नै मुलुकको विकास र सम्बृद्धिको बाधक हो ।’
करिब ७५ प्रतिशत जनता कृषिमा आधारित भएपनि उत्पादनलाई बढाएर कृषिमा आधारित उद्योगहरूलाई बढाएर जान सकेमात्रै रोजगारीका अवसरहरू देशभित्रै पाउन सकिने नेता कोइरालाको दाबी छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया