प्रतिनिधिसभा सदस्य दिपक खड्का सवार गाडी संखुवासभामा दुर्घटना

काठमाडौँ- प्रतिनिधिसभा सदस्य दिपक खड्का सवार गाडी दुर्घटनामा परेकाे छ । संखुवासभामा कार्यक्रममा सहभागी भई धरान जाने क्रममा उनी सवार प्रदेश १-०२-००२ च ३५४५ नम्बरकाे गाडी दुर्घटनामा परेकाे हाे ।
संखुवासभा कांग्रेस सभापति समेत रहेका खड्का सँगै नेपाली कांग्रेसका महासमिति सदस्य दिपक लिम्वु, नेपाली कांग्रेस चैनपुर नगरपालिका कार्यवाहक सभापति लभकुमार श्रेष्ठ र उनकी श्रीमती र चालकसहित पाँच जना गाडीमा सवार थिए ।
धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाको नमस्ते झरना नजिकै दुर्घटना भएको संखुवासभाका कांग्रेस नेता सन्दीप निरौलाले जानकारी दिए । उनका अनुसार गाडीमा सवार सबैजना सुरक्षित रहेका छन् ।
प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

प्रतिक्रिया