संगठन विस्तारमा जुट्दै जनमत पार्टी
आगामी वैशाखसम्ममा प्रदेश अधिवेशन टुंग्याउने

काठमाडौँ- डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आगामी वैशाखसम्ममा आफ्नो पार्टीको संगठन विस्तार र अधिवेशन गर्ने निर्णय गरेको छ । जनमत पार्टीका सांसद अब्दुल खानले संगठन विस्तार र पार्टीको प्रदेश अधिवेशन आगामी वैशाखसम्म टुंग्याउने निर्णय गरेको बताए ।
‘हामीले अहिले संगठन विस्तारको कामलाई प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘प्रदेशसम्मको अधिवेशन पनि वैशाखसम्ममा टुंग्याउने निर्णय पार्टीले गरेको छ ।’
नेता खानका अनुसार जनमत पार्टीले आगामी मंसिर १५ देखि माघ १५ गतेसम्म सबै वडा अधिवेशन पूरा गर्ने छ । माघ १५ देखि फागुनसम्म सबै पालिको अधिवेशन सकिने गरी काम अगाडि बढेको उनले जानकारी दिए । त्यस्तै आगामी फागुन २० गतेसम्ममा सबै वडा र पालिकाहरूको प्रक्रिया पुर्याइ गरिएको अधिवेशनको जानकारी पार्टीको केन्द्रीय सचिवालयमा पुर्याइसक्ने योजना भएको नेता खानले बताए ।
पालीका स्तरको अधिवेशन सकिएपछि आगामी चैत ३ गते जिल्ला अधिवेशन र वैशाख २४ देखि ३० गतेसम्म प्रदेश अधिवेशन गर्ने निर्णय भएको नेता खानले जानकारी दिए । अहिले पार्टीले आफ्ना पुरानो सदस्यको सदस्यता नवीकरण र नयाँ सदस्यताको वितरण गरिरहेको समेत उनले बताए । प्रदेशको अधिवेशन सकिएपछि मात्रै केन्द्रीय अधिवेशनबारे निर्णय हुने नेता खानले जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया