औषधि व्यस्था विभागले भन्योः अनुगमन गर्दा प्रेसक्रिप्सन बिना औषधि बिक्री वितरण गरेको पायौँ

काठमाडौँ- औषधि व्यवस्था विभागले मेडिकल व्यवसायीलाई चिकित्सकको सल्लाह र प्रेसक्रिप्सन बमोजिम औषधि बिक्री वितरण गर्न अनुरोध गरेको छ । विभागले सूचना जारी गरी चिकित्सकको प्रेसक्रिप्सनको आधारमा मात्र औषधि बिक्री वितरण गर्नलाई आग्रह गरेको हो ।
‘सर्वसाधारणले औषधि खरिद गर्नुपूर्व चिकित्सकको सल्लाह लिएर मात्र खरिद गर्नुपर्छ । अनिवार्य प्रेसक्रिप्सनसहित औषधि पसलबाट औषधि खरिद गर्न हुन अनुरोध गरिन्छ,’ विभागले जारी गरिएको सूचनामा उल्लेख छ ।
विभागका अनुसार अनुगमन गर्दा औषधि पसलले विना प्रेसक्रिप्सन औषधि बिक्री वितरण भएको छ । प्रति जैविक औषधिसमेत चिकित्सकको सल्लाह बिना बिक्री भएको छ । यस्ता औषधिको अत्यधिक प्रयोगले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि भएको छ ।
बिना प्रेसक्रिप्सनको औषधि प्रयोगले आवश्यक औषधिले काम गर्न छोडेको विभागले जनाएको छ ।
औषधि ऐन २०३५ को दफा (१७) को उपदफा (२) चिकित्सकको बिना प्रेसक्रिप्सन औषधि बिक्री वितरण गर्न नहुने भनी सूचीकृत गरिएको (समूह क र ख ) औषधिहरू चिकित्सकको सल्लाहबिना बिक्री वितरण गर्न हुँदैन ।
समूह क र ख का औषधिहरू चिकित्सकको प्रेसक्रिप्सनको आधारमा मात्र बिक्री वितरण गर्न विभागले मेडिकल व्यवसायीलाई आग्रह गरेको छ । औषधि ऐन २०३५ को दफा (१७) विपरीत बिक्री वितरण गरेको पाइएमा ऐन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया