कृषि जनसंख्यामा महिलाको हिस्सा ३४ दशमलव ४ प्रतिशत

काठमाडौँ- नेपालको कृषि जनसंख्यामा महिलाको हिस्सा ३४ दशमलव ४ प्रतिशत रहेको कृषि जनगणनाले देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार ललितपुरमा दिगो विकास लक्ष्यको सूचक ५.ए.१ सम्बन्धी राष्ट्रिय कृषि गणनाबाट प्राप्त नतिजा सार्वजनिक गर्दै कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने नेपालको जम्मा कृषि जनसंख्यामा महिलाको हिस्सा ३४ दशमलव ४ प्रतिशत रहेको जनाएको हो । प्रदेशगत रूपमा सबैभन्दा बढी गण्डकी प्रदेशमा ३८ दशमलव ५ र सबैभन्दा कम कर्णाली प्रदेशमा २८ दशमलव ७ प्रतिशत रहेको तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम रायाले जानकारी दिए ।
कृषि गणनाको नतिजाले ६२ प्रतिशत घरपरिवार कृषि कार्यमा संलग्न रहेको देखाएको राष्ट्रिय तथ्यांक कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार कृषि परिवारमा रहेका कूल वयस्क पुरुषमध्ये ४२ दशमलव ९ प्रतिशत वयस्क पुरुषको कृषि जग्गामा स्वामित्व रहेको छ भने महिलाको हकमा उक्त प्रतिशत २० दशमलव ८ प्रतिशत मात्रै रहेको छ ।
कार्यालयका प्रमुख तथ्यांक अधिकारी रायाले दिगो विकास लक्ष्यमा कृषि जग्गामा समानताको विषय सूचकको रूपमा राखिएकाले जनगणनामा उल्लेख गरिएको बताए । उनले सन् २०३० सम्म ४० प्रतिशत महिलाको पहुँच पुर्याउने लक्ष्य सरकारको रहेको र त्यस नजिक पुगेको धारणा राखे ।
उनले नेपाल जीवन स्तर मापन सर्वेक्षण जनवरीको दोस्राे हप्तासम्म सार्वजनिक गरिने जानकारी दिए । सर्वेक्षणका आधारमा नेपालका गरिवीको सूचक सार्वजनिक हुने उनले बताए । रायाले कार्यालयको डाटालाई हेर्न सहज होस भनेर वेबसाइटमा नै हेर्न सक्ने व्यवस्था गरिएको पनि बताए ।
प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

प्रतिक्रिया