विपिन जोशीलाई बिनासर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने संसदीय समितिको निर्णय

काठमाडौँ- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हमासको बन्धनमा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई बिनासर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले अन्तर्राष्ट्रिय समुदायसँग बिनासर्त रिहाइ गर्न आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकपछि निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले विपिन जोशीकाे बिनासर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय भएको बताए । उनले भने, ‘नेपाली युवा जो इजरायल जानुभएको थियो विपिन जोशी । हमासले इजरायलमा आक्रमण गर्दा विपिन जोशीलाई बन्धक बनाएको भन्ने छ तर अहिलेसम्म जानकारी छैन । विपिन जोशीको बिनासर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेका छौँ ।'
उनले नेपाल कुनै पनि पक्षधरता देश नरहेको र जहिले पनि शान्तिको वकालत गर्ने भएकाले नेपालका नागरिकलाई कुनै पनि कारणबिना बन्धक बनाइनु नहुने बताए ।
'नेपाल कुनै पनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणबिना यसरी बन्धक बनाइनु हुँदैन । यो समितिको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरण ६ महिनाको लागि तय गर्न एउटा कार्यदल निर्माण गरेका छौँ,' उनले भने ।
साथै उनले समितिको बैठकले समितिको ६ महिनाको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरणका लागि नौ सदस्यीय कार्यदल गठन गरेको जिकिर गरे । उनले कार्यदलले समितिको प्राथमिकीकरण कुन विषयलाई कहिले टुंग्याउने भन्ने निष्कर्ष निकाल्ने बताए ।
कार्यदलका संयोजक राजकिशोर यादवसहित सदस्यमा उदय समशेर जबरा, एकनाथ ढकाल, छिरिङ यामु लामा, देवीप्रकाश भट्टचन, डा. धवल समशेर जबरा, प्रेम सुवाल, शिशिर खनाल, सम्झना थपलिया छन् ।

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

एमालेद्वारा ह्वीप जारी
उपराष्ट्रपति यादवसँग अमेरिकी राजदूत थम्प्सनको भेटवार्ता

बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्छ : प्रकाशशरण महत

प्रकाशमानविरूद्ध खनिएका कान्छारामलाई बजेट नपरेको चिन्ता कि ठेक्का तोडिएको कुण्…

बंगलादेशमा थप विद्युत् निर्यातको पहल भइरहेको छ : ऊर्जामन्त्री खड्का

प्रतिक्रिया