कोशी प्रदेश बजेट पारित

काठमाडौँ - कोशी प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ ।
बुधबार बसेको कोशी प्रदेशसभाको बैठकमा प्रतिस्थापन विधेयकमाथिको छलफल सकिएपछि ध्वनी मतका आधारमा विधेयक सर्वसम्मत रुपमा पारित भएको हो ।
उक्त विधेयकमाथि आठ जना सांसदले खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए । मुख्यमन्त्री केदार कार्कीले बजेटले अन्याय गरेको क्षेत्रमा कानुनको सुविधा प्रयोग गरेर सच्याउने प्रतिवद्धता गरेपछि एमालेका तर्फबाट राखिएको प्रस्ताव फिर्ता भएको थियो ।
तत्कालीन मुख्यमन्त्री हिक्कतकुमार कार्कीले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बराबरको बजेट ल्याएका थिए भने शनिबार अध्यादेश प्रतिस्थापन विधेयक मार्फत मुख्यमन्त्री केदार कार्कीले ५० करोड थप गर्दै ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट प्रस्तुत गरेका थिए ।
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

महासंघद्वारा तारागाउँ रिजेन्सी होटल सम्मानित

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

प्रतिक्रिया