सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

दूधको भुक्तानी समयमै गर्नू : राष्ट्रिय दुग्ध विकास बोर्ड

काठमाडौँ- राष्ट्रिय दुग्ध विकास बोर्डले उद्योगहरूलाई दूधको भुक्तानी समयमै गर्न निर्देशन दिएको छ । का.मु. उपकार्यकारी निर्देशक डा. बालक चौधरीले पत्र लेख्दै किसानहरूलाई समयमै भुक्तानी दिन भनिएको छ ।

'१५/१५ दिनमा किसानहरूलाई दूधको भुक्तानी दिनुपर्नेमा केहि दुग्ध उद्योगहरूले समयमा भुक्तानी नगरेको सुन्नमा आएको छ' पत्रमा भनिएको छ 'त्यस एशोसिएशन संघ अन्तरगतका दुग्ध उद्योगहरूले भुक्तानी नगरेको भए समयमा भुक्तानीका लागि पहल गरि दिनहुन साथै विगत केहि महिनादेखि दुग्ध उद्योगहरूले किसानहरूको दूध खरिदको मात्रा कम गरेको भन्ने सम्बन्धमा किसानले उत्पादन गरेको दूध निरन्तर खरिद गर्न हुनसमेत जानकारी गराइन्छ ।'

त्यस्तै कच्चा दूधको मूल्य उत्पादन स्थल (फार्म) वा संकलन केन्द्रस्तरमा प्रति युनिट फ्याट सात रुपैयाँ पन्ध्र पैसा र प्रति युनिट एस. एन. एफ. चार रुपैयाँ पचपन्न पैसाको दरले कच्चा दूधको (४ युनिट फ्याट र युनिट एस.एन.एफ.) प्रति लिटरको न्यूनतम मूल्य पैसट्ठीमा खरिद गर्न र गराउन विकास बोर्डले भनेको छ ।