यस्तो हुनेछ आजको मौसम

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हिमपात हुने सम्भावना रहेको छ।
राति भने सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हिमपात हुने सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मनसुन प्रतिकार्य कमाण्डको बैठक : सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगा…

६० किलो सुन तस्करी प्रकरण : अमला रोका फेरि पक्राउ
प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया