हाम्राे अभियानले देशको विकास गर्छ : दुर्गा प्रसाईं
'हामीलई काठमाडौँमा निषेध गर्नेहरूलाई अब हाम्राे अभियानले निषेध गर्छ'

काठमाडौँ- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरूको अभियानले देशको विकास गर्ने दाबी गरेका छन् ।
शनिबार काठमाडौँको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईंले अहिलेका दलहरूबाट देशको विकास नहुने भन्दै जनतालाई अघि सारेर देशको विकास गर्ने दाबी गरेका हुन् । सबै नेपालीहरू राष्ट्रवादी बन्न आवश्यक रहेकाले अबको समय विकास र समृद्धिको भएको उनको भनाइ छ ।
प्रसाईंले विभिन्न कारणले जनताहरूले देहत्याग गर्नुपरे पनि राज्यले केही गर्न नसकेको बताए । १०० औं वर्ष आन्दोलनमा बेतित गर्नुपर्दा देशमा विकास हुन नसकेको उनले तर्क गरे । उनले भ्रष्टाचार, तस्करविरुद्ध लड्न आह्वान समेत गरे ।
प्रसाईंले शान्तिपूर्ण रूपमा आफूहरूको अभियान चल्ने र कसैले रोक्न नसक्ने बताए । उनले आफूहरूलाई काठमाडौँमा निषेध गर्नेहरूलाई अब आफ्नो अभियानले निषेध गर्ने चेतावनी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया