उदयपुरमा वनभाेज खाएर फर्किने क्रममा स्कुल बस दुर्घटना, चालकसहित ३ जनाको मृत्यु

काठमाडौँ- उदयपुरमा वनभाेज खाएर फर्किने क्रममा स्कुलको बस दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ भने दर्जनौं गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेहरूमा त्रियुगा नगरपालिका-५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा ६ का ७ वर्षीया सम्या चौधरी र ६ वर्षीय विकाश चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताएका छन् ।
मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा त्रियुगा नगरपालिका-५, अन्नपूर्ण स्कुलको बस दिउँसाे करिब १ बजे दुर्घटना भएकाे हाे । बसमा ३५ जना सवार रहेकाे प्रहरीले जनाएकाे छ ।
घाइतेहरूलाई जिल्ला अस्पताल उदयपुरमा पुर्याइएको र गम्भीर अवस्थाका घाइतेहरूलाई विराटनगरतर्फ रेफर गर्ने तयारी भइरहेको जनाइएको छ । ३४ जनालाई जिल्ला अस्पताल उदयपुरमा ल्याइसकिएको र उनीहरूको उपचार सुरु भएको जनाइएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया