उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत

काठमाडौँ- सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए ।
त्यस्तै बैठकले ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा पनि स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा सुनको अवैध तस्करीबारे जाँचबुझ गठन गठन भएको आयोगको माग बमोजिम ४ जना प्राविधिक जनशक्ति थप गर्ने निर्णय गरेको छ भने प्राविधिक शिक्षाको क्षेत्रमा स्वीटजरल्याण्ड सरकारले प्रदान गर्ने करिब ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिए । बैठकले विद्युत सुशासन आयोगको सदस्य पदमा पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

प्रतिक्रिया