कस्तो हुन्छ आजको मौसम ?

काठमाडौँ- पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
शुक्रबार देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम २२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० दशमलव ३ डिग्री सेल्सियस रहेको छ ।
इरानको हमलापछि कतारस्थित नेपाली दूतावासले भन्यो- सतर्क रहनू

मनसुन प्रतिकार्य कमाण्डको बैठक : सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगा…

६० किलो सुन तस्करी प्रकरण : अमला रोका फेरि पक्राउ
प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया