कहाँ-कहाँबाट निकाल्दैछन् दुर्गा प्रसाईं समूहले र्याली ?

काठमाडौँ- दुर्गा प्रसाईं समूहको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौँबाट सात स्थानमा जम्मा भइ तोकिएको रुट प्रयोग गरेर बल्खुमा भेला हुन अनुरोध गरेको छ । भक्तपुर क्षेत्र र साँगा नाकाबाट छिर्नेलाई सिधै बल्खुमा जम्मा हुन भनिएको छ ।
उक्त अभियानका सह-प्रवक्ता राजानन्द माण्डव्यले एक सूचना जारी गर्दै महाराजगञ्ज, गंगबु, बुढानीलकण्ठ, टोखा, बालाजु र ककनी नाकाबाट छिर्ने सबैलाई गोङ्गबुमा जम्मा भएर गल्फुपाखा, स्रोह्रखुट्टे, ढल्कु, कालीमाटी हुँदै बल्खु आउन भनेका छन् ।
स्वयम्भू, सितपाइला, रामकोटबाट आउननेलाई कंलकी, रविभवन हुँदै बल्खु, थानकोट नाकाबाट आउनेलाई कंलकी चोकमा जम्मा भएर र्यालीसहित बल्खु, पाटन क्षेत्रकालाई धोबीघाट हुँदै बल्खु, सातदोबाटो ग्वार्को, गोदावरी क्षेत्रकालाई सातदोबाटोमा जम्मा भएर भक्तपुरको र्यालीसँगै बल्खु आउन भनिएको छ ।
महाअभियानले धार्मिक झण्डा र राष्ट्रिय झण्डाबाहेकका अन्य झण्डा प्रयोग नगर्न भनेको छ । यस्तै र्यालीको अग्रस्थानमा धर्मगुरुहरु, ओमकार परिवार, नाथलगायतलाई राखेर नागरिकहरु आउन महाअभियानले आग्रह गरेको छ ।

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

प्रतिक्रिया