आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

विराटनगरका पूर्वमेयर भीमले दण्डप्रणाम गर्दै छठी माताको आराधना गर्ने

काठमाडौँ - नेपाली कांग्रेसका नेता तथा विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीले १९औं पटक दण्डप्रणाम गर्दै छठीमाताको आराधना गर्ने बताएका छन् । 

उनले २९ वर्षदेखि छठीमाताको उपासना गरेको र अहिलेसम्म १८ पटक दण्डप्रणाम गरी आराधना गरिसकेको बताएका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आज १० बजे देखि मोरङको  पोखरिया ठूलो मिल छेउ रहेको शिवपाञ्चायन मन्दिरबाट दण्डप्रणाम गरी सिंगाइ नदी जाने जानकारी दिए । 

उनले लेखेका छन्,  'मैले उपासना, व्रत बसेको २९ वर्ष भएको छ । दण्डप्रणाम गरि गएको भने १८  औं पटक भएको छ । यहि सिलसिलामा आज मिति २०८० मंसिर ३ गते आइतबार ठिक  १०  वजे देखि पोखरिया ठूलोमिल छेउ रहेको शिवपान्चायन मन्दिरबाट साविकका वर्षहरू झै भतिजो प्रमिश पराजुली संगै १९ औं पटकको दण्डप्रणाम गरि सिंगाइ नदि जाने कार्यक्रम तय भएको जानकारी गराउछु ।'