शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

उर्लाबारी आगलागी : घाइते ६ जनाको अवस्था गम्भीर

काठमाडौँ- मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । शुक्रबार घाइतेहरूको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिएका चिकित्सकहरूले यस्तो जानकारी गराएका हुन् ।

उपचाररत २५ मध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको अस्पतालका डाक्टर निजिना ताम्राकारले बताइन् । जलनको घटनामा सबै घाइतेहरूको अवस्था गम्भीर नै हुने बताउँदै डाक्टर ताम्राकारले चिकित्सकहरू घाइतेहरूको उपचारमा लागिरहेको उल्लेख गरिन् ।

उनले भनिन, ‘बर्न केसमा यति समय भन्न नै सकिँदैन, सबै चिकित्सकहरू काममा लागिरहनुभएको छ । यसको बेटर म्यानेजमेण्ट गर्नेछौं । ६ जनाको अवस्था क्रिटिकल्ली छ ।’

घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका मन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर घाइतेको उपचार गराउने प्रक्रिया सुरु गरिएको जानकारी गराए । उनले अमेरिकाबाट आइतबारसम्म चिकित्सक आइसक्ने र थप उपचार थाल्ने बताए । सरकारले घाइतेको जीवन रक्षाका लागि आवश्यक सबै काम र सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

मन्त्री लिम्बूले भने, ‘५/६ जना बिरामीको उपचार थप जटिल छ भन्नुभएको छ, आइतबार अमेरिकाबाट थप डाक्टर मगाएर उपचार गर्ने जानकारी भएको छ । सरकारले जीवन रक्षाका लागि आवश्यक काम गर्नेछ । प्रधानमन्त्रीसँग पनि यस विषयमा बसेर थप छलफल गरेर जटिल खालको शल्यक्रिया र उपचार गर्न सम्भव हुने गरी काम गर्नेछौं  । सरकारले गर्नसक्ने जति गर्नेछ । बिरामीको उपचारमा पहिला ध्यान दिने, उनीहरूलाई निको पार्नेछौं  ।’

गत कात्तिक २६ गते मोरङको उर्लाबारी-७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौँ ल्याइएको थियो ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…