अष्ट्रेलियाले भूकम्पपीडितलाई पाँच करोड प्रदान गर्ने

काठमाडौँ- अष्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरूका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब रु पाँच करोड नौ लाख बराबरको मानवीय सहायता घोषणा गरेको छ ।
यहाँस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ ।
उक्त सहयोगमार्फत मानव विकास तथा सामुदायिक सेवा (एचडिसीएस) संस्थाले भूकम्प प्रभावित स्वास्थ्य संस्थालगायत सार्वजनिक संरचनाको पुनर्निर्माणमा सहयोग गर्नेछ । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्केले भने, 'पश्चिम नेपालमा भएको भूकम्प र त्यसपछि पराकम्पले निम्त्याएको मानवीय र सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । अष्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता छ । हाम्रा दुई देशले २०७२ को भूकम्प, कोभिड–१९ महामारीलगायत विपत्तिमा एकअर्कालाई सहयोग गरेको इतिहास छ ।' रासस

मौलापुर नगरसभावाट ६१ करोडको बजेट पारित, फ्रि बिजुली, फ्रि पानीलगायत लोकप्रि…

'जेनजी पुस्ता प्रतिस्पर्धा गर्न सक्षम छ'

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

युद्धविराम घोषणापछि इजरायलमाथि इरानको क्षेप्यास्त्र प्रहार, तीन जनाको मृत्यु

प्रेम बानियाँको जिरो टु ८८४८: वृत्तचित्रमार्फत नेपाल चिनाउने नयाँ अभियान (भि…

जसले ग्रीस पठाइदिने भन्दै ठगे ३७ लाख
इजरायलले आक्रमण रोके युद्धविराम गर्न इरान तयार

प्रतिक्रिया