सङ्खुवासभामा एक हजार सात सयमा डेंगी संक्रमण

खाँदबारी- पूर्वी हिमाली जिल्ला सङ्खुवासभामा डेंगी संक्रमितको सङ्ख्या एक हजार सात सय पुगेकाे छ ।
संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चासो राखेको छ । महाशाखाले सङ्खुवासभाका १० स्थानीय तहका प्रमुख, उपप्रमुख र स्वास्थ्य प्रमुखलाई सदरमुकाम खाँदबारीमा भेला पारेर डेंगी संक्रमण नियन्त्रण र रोकथामका बारेमा शुक्रबार जानकारी लिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले विद्यालयमा बालबालिकालाई डेंगीका बारेमा जनचेतना दिन, स्कुल हेल्थ नर्स कार्यक्रमलाई सक्रिय बनाउन, डेंगी नियन्त्रण र रोकथामका लागि स्वयंसेवक परिचालन गर्न, स्थनीय तह र स्वास्थ्य संस्थामार्फत खोज र नष्ट अभियानलाई तीव्रता दिन निर्देशन दिएको बताए ।
साउन र भदौ महिनामा मात्रै डेंगी संक्रमितको सङ्ख्या एक हजार सात सय १० पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार सङ्खुवासभाका भोटखोला र चिचिला गाउँपालिकामा संक्रमित देखिएका छैनन् । रासस

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया