साँघुरो चाइना पुल नजिकै ‘सिग्नेचर ब्रिज’

पोखरा- पोखरा पृथ्वीचोक नजिकैको चाइना पुल पछिल्लो निकै साँघुरो भइसकेको छ । सवारी चापका कारण यो पुल निकै व्यस्त हुँदै गएको छ । जसले दुर्घटनाको जोखिम बढ्दैछ । पुल सानो अनि बाटो चाक्लो बन्दा ट्राफिकलाई सवारी चाप कम गर्न हम्मेहम्मे पर्छ । स्थानीय त्यहाँ अर्को पुल आवश्यक रहेको बताइरहेका छन् । तर, लामो समयसम्म बनेको छैन । मानिसहरू सवारी जामको झमेला झेल्न बाध्य छन् ।
सोही स्थानमा अब पुल बन्ने पक्का भएको छ । ढिलो चाँडो पुल बन्नेमा स्थानीय तथा सवारी चालक ढुक्क बनेका छन् । किनकि, शनिबार साँघुरो चाइना पुल नजिकै अर्को नयाँ पुलको शिलान्यास भएको छ । पोखरा–मुग्लिन राजमार्ग सुधार चरण–१ योजना अन्तरगत पोखरा महानगरपालिका वडा नम्बर ९ र १० जोड्ने सेती नदी पुलको शिलान्यास गरिएको हो ।
अहिले रहेको पुल दायाँबायाँ दुवैतर्फ सिग्नेचर ब्रिज बन्ने भएको हो । पुलको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गरेका हुन् ।
पुल निर्माणको कार्य २०८२ भाद्र २१ गतेभित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रा.ली काठमाडौँले ठेक्का पाएको छ । यस अवधिमा सेतीमा मौजुदा पुलको दायाँबायाँ १९०/१९० मिटरका २ वटा पुलहरू निर्माण हुने छन् । नेपालकै नमुना पुलका रूपमा रहने यो पुलको डिप फाउण्डेसन हुनेछ । पुलको कुल लागत १ अर्ब ७ करोड २४ लाख २६ हजार ५ सय रुपैयाँ (भ्याटसहित) रहेको छ ।
पुलको शिलान्यास गर्दै मन्त्री ज्वालाले तोकिएको समयमा पुल निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायी लगायत सरोकारवालाहरूलाई निर्देशन दिए । पुलले पोखराको सुन्दरतामा नयाँ आयाम थप्ने उनको भनाइ थियो ।
कास्की क्षेत्र नम्बर–२ की प्रतिनिधि सभा सदस्य विद्या भट्टराई अधिकारीले निर्माणका क्रममा आउने बाधा अवरोध फुकाउन सबै एकजुट हुनुपर्ने बताइन् । उनले भनिन्, ‘निर्माणका क्रममा अवरोध आउन सक्छन् । त्यसैले जनता र राज्यबीच देखिने अवरोध हटाउन राज्यका निकाय, जनप्रतिनिधि र स्थानीयबीच सहकार्य गरौँ ।’
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुल निर्माणका क्रममा आउन सक्ने सबैखाले स्थानीय अवरोधहरूको समाधान गरिदिने बताए । स्थानीय अवरोधका कारण पुल निर्माण कार्यलाई ढिलाइ हुन नदिने उनको प्रतिबद्धता थियो । सेती नदीमाथि बन्ने सिग्नेचर ब्रिजले पोखराको थप सौन्दर्यता बढाउने प्रमुख आचार्यको विश्वास छ ।
कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’

उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती
_58DJeFTbkf_15alebkhtyikazvft2zhbo4y2tdg84bwipikxfzyu2qpwn0qydlxs7cfqf8k_XUPwJSgidD_rtmvnq05sbsrml1zaoexny7s57dblumvdhkggv7ixocd7bbqnbrdmnlim8yj.jpg)
व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

गौरवको आयोजना ६ वर्षदेखि अलपत्र
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा

प्रतिक्रिया