लुम्बिनीका १३ अस्पताल विकास समितिले पाए अध्यक्ष

बुटवल- लुम्बिनी प्रदेशका दुई प्रादेशिक अस्पतालसहित १३ वटा अस्पताल विकास समितिमा अध्यक्ष मनोनीत गरिएको छ । स्वास्थ्य मन्त्रालयले १३ वटै अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गरिएको शाखा अधिकृत अमरबहादुर वलीले बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा बुटवलका जीवनप्रसाद वझालाई र दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई दाङ निवासी दीपक शाहलाई मनोनीत गरिएको छ ।
त्यस्तै गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्याम कान्त खनाल, अर्घाखाँची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा मनोनीत गरिएको छ । त्यस्तै कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भीम अस्पताल भैरहवामा डा अनन्तकुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुमपूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजन ,प्युठान अस्पतालमा सुवास केसी, र रोल्पा अस्पतालमा शेरबहादुर थापालाई मनोनीत गरिएको छ ।

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_TYtzP5iB2v_dwtcaaibnz6mgkyrjhgxspdzl41rclezstoykisi7y87hnsn7tcbjrbxf6yn.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_gIesOanmA8_q4gavgkkzn6uehtfmcl85enbbnky8heh3x2m37uwnvj4p8pmvhgtfrecixaa.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

प्रतिक्रिया