यस वर्ष काठमाडौँ महानगरभित्र १ बजेसम्म देउसी भैलो खेल्न पाइने

काठमाडौँ- यस वर्ष काठमाडौँ महानगरपालिकाले १ बजेसम्म देउसी भैलो खेल्न अनुमति दिएको छ । शुक्रबार सामाजिक सञ्जालमा लेख्दै महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरका नगरप्रहरीले राती १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको बताएका छन् ।
‘सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हुन हार्दिक अनुरोध गर्छौ , सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौ,’ उनले भनेका छन् ।
विगतका वर्षमा कोभिड-१९ कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौँ महानगर भित्र राती ९ बजे सम्म मात्र खेल्न अनुमति दिइएको थियो ।

'सवारीचालक दक्ष हुँदा यात्रामा पर्यटक र चालकलाई सहज हुने'

नवराज बोहोराले भेटे शेखर कोइरालालाई

असई बनाइदिने भन्दै ठगी गर्ने पक्राउ

डिभिजन वनद्वारा एक लाखभन्दा बढी बिरुवा वितरण सुरु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
गएराति ललितपुरमा भारी वर्षा

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन

प्रतिक्रिया