भूकम्प पीडितलाई लुम्बिनी विकास कोषकाे २५ लाख सहयोग

बुटवल- जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पीडितहरूका लागि लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने भएको छ । कोष सचिवालयको बैठकले तत्काल राहत र उद्धारका लागि कोषका तर्फबाट २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कोषका तर्फबाट प्रभावितहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् सहयोग गर्ने निर्णय भएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।
सदस्य सचिव शाक्यका अनुसार कोषका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोषका अध्यक्ष सुदन किराँती र उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले प्रधानमन्त्रीलाई सहयोग चेक हस्तान्तरण गर्ने छन् । कोषले भूकम्पबाट मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको गह मन्त्रालयले जनाएको छ ।

'सवारीचालक दक्ष हुँदा यात्रामा पर्यटक र चालकलाई सहज हुने'

नवराज बोहोराले भेटे शेखर कोइरालालाई

असई बनाइदिने भन्दै ठगी गर्ने पक्राउ

डिभिजन वनद्वारा एक लाखभन्दा बढी बिरुवा वितरण सुरु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
गएराति ललितपुरमा भारी वर्षा

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन

प्रतिक्रिया