आजको भूकम्पले अर्घाखाँचीमा पनि केही घर चर्किए

बुटवल- आज सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा आएको भूकम्पको झट्काले अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा केही घरहरू चर्किएका छन् ।
करिब तीन महिनाअघिदेखि निर्माणाधीन अवस्थामा रहेको सन्धिखर्क-१० भगवती टोल निवासी शिव गन्धर्वको घर भूकम्पले चर्किएको हो ।
घर धनी शिव गन्धर्वका अनुसार तीन महिनाअघिदेखि सो घर निर्माण गर्न सुरु गरिएको थियो । 'आज मात्र उक्त घरलाई जस्तापाताले छाउने काम भइरहेको थियो,' उनले भने, 'भूकम्प गयो हामी छानाबाट हामफाल्यौँ ,पछि घरको अवस्था हेर्दा २/३ ठाउँमा चर्किएको रहेछ ।'
जिल्ला प्रहरी प्रमुख प्रितम राठौरले भूकम्पले केही घर चर्किएको सूचना आएको बताए । उनले यकिन तथ्याङ्क लिने काम भने भइरहेको बताए ।

वर्षासँगै पानी बढेपछि कैलालीका नदीमा देखिन थाले डल्फिन

बाल गीतान्जली स्कुलमा नवआगन्तुक विद्यार्थी तथा शिक्षकलाई स्वागत

'सवारीचालक दक्ष हुँदा यात्रामा पर्यटक र चालकलाई सहज हुने'

नवराज बोहोराले भेटे शेखर कोइरालालाई

असई बनाइदिने भन्दै ठगी गर्ने पक्राउ

डिभिजन वनद्वारा एक लाखभन्दा बढी बिरुवा वितरण सुरु

प्रतिक्रिया