भारतद्वारा नेपाल सरकारलाई भूकम्प राहत सामग्री हस्तान्तरण

काठमाडौँ- भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १० करोड रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ ।
आइतबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सो राहत सामग्री हस्तान्तरण गरेका हुन् । एक विशेष भारतीय वायुसेना सी-१३० उडानले ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीको खेप ढुवानी गर्यो । जसमा त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोलाका साथै आवश्यक औषधि र पोर्टेबल भेन्टिलेटरहरू जस्ता प्रभावित मानिसहरूका लागि चिकित्सा उपकरणहरू समावेश थिए ।
राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ ।
घनिष्ट मित्र र छिमेकीका रूपमा भारत नेपालमा भूकम्प पीडितहरूलाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको राजदूत श्रीवास्तवले बताए । भारत आफ्नो छिमेकी र बाहिरका संकट परिस्थितिहरूमा पहिलो प्रतिक्रियाकर्ताको रूपमा जारी राख्ने बताए ।
भारतले भूकम्पपछिको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब अमेरिकी डलर सहयोग गरेको थियो भने गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरको पुनर्निर्माण समेत गरेको थियो ।

नक्कली परीक्षार्थी पक्राउ

वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या नहुने

खोला तथा नदी तटमा नबसी सुरक्षित हुन रसुवा प्रशासनकाे अनुरोध

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा

वर्षासँगै पानी बढेपछि कैलालीका नदीमा देखिन थाले डल्फिन

बाल गीतान्जली स्कुलमा नवआगन्तुक विद्यार्थी तथा शिक्षकलाई स्वागत

'सवारीचालक दक्ष हुँदा यात्रामा पर्यटक र चालकलाई सहज हुने'

प्रतिक्रिया