भूकम्पपीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पपीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारमा आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विगतको अनुभवको राम्रो समीक्षा गर्दै भूकम्पपीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
उनले विपत्तिलाई पुनःनिर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्दै विपदपछिको उद्धार, राहत र पुनःनिर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन समेत निर्देशन दिए । भूकम्पपछि सबै दल, संघीय सरकार र विभिन्न निकायहरु, प्रदेश सरकार र स्थानीय सरकारहरुले लिएको पहलका निम्ति सबैमा धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले खोज, उद्धार र उपचारको काम मूलभूत रुपमा पुरा गरेको जानकारी दिए ।
उनले नेपाल प्राकृतिक विपदको जोखिममा रहेको देश रहेपनि चेतना अभिवृद्धि गर्न नसकेकाले अव त्यसमा गम्भीर रुपमा सोच्न जरुरी रहेको धारणा राखे । प्रधानमन्त्री प्रचण्डले यसपटक एकद्वार प्रणालीबाट जाने र राहतमा हुने दुरुपयोग रोक्ने स्पष्ट पारे । आवश्यकताका आधारमा सबै पीडितलाई समान व्यवहार गर्ने नीति अनुसार सरकार अघि बढ्ने उनले बताए ।
बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्धारको काम लगभग पूरा भएको भन्दै राहतमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।मेल

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया